क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । इन्स्योरेन्सले माघ १५ देखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री खुला गरेको आईपीओ फागुन ५ गते सोमबार बाँडफाँट गरिएको हो ।
इन्स्योरेन्सले आफ्नो जारी पुँजी ७५ करोड रुपियाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपियाँबराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो ।
सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपियाँबराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको थियो ।
माघ १५ देखि २९ गतेसम्म रीतपूर्वक परेका ४७ हजार ५१६ आवेदनमध्ये २२ हजार ५०० जनालाई १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको इन्स्योरेन्सको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले जनाएको छ ।