citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

युनाइटेड अजोड इन्स्योरेन्स संस्थापक शेयर बिक्रीमा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।इन्स्योरेन्स कम्पनीले जुली चाचानको नाममा रहेको १ लाख ४९ हजार ११६, माछापुच्छ्रे बिक्र फ्याक्ट्रीको ७६ हजार ८७८, महेन्द्र कुमार गोयलको ८२ हजार ५९२ र ज्योतिकुमारी सरावगीको २४ हजार ६०२ कित्ता गरी कुल ३ लाख ३३ हजार १८८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
शेयरको मूल्य क्रमशः १८०, २०१, १६३.९० र १६३.५० रुपियाँ तोकिएको छ ।

संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने यो शेयरमा इच्छुक लगानीकर्ताले ३५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको प्रधान कार्यालय सिटिसी मल सुन्धारा, काठमाडौंमा के कति कित्ता खरिद गर्ने सो सोको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ ।

साथै ३५ दिनसम्म खरिद आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणका लागि बिक्री गरिने कम्पनीले जनाएको छ ।

gold
himalayan life insurance long ad
kumari bank