citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे ८ लाख कित्ता शेयर बिक्रीमा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ ।बैंकले संस्थापक समूहको कुल ८ लाख ५० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।

यो शेयर संस्थापक शेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् । शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपियाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

शेयर  खरिद  गर्दा न्यूनतम १ लाख २५ हजार  कित्ता वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

इच्छुक खरिदकर्ताले आफूले खरिद गर्न चाहेको शेयर संख्या र दररेट खुलाई आज (फागुन १ गते) देखि ९ गतेसम्म शेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा आइपुग्ने गरी गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ ।

gold
kumari bank