stcnepal long ad
ime life insurance
global ime bank long

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा गिरावट देखिएको छ भने अन्य सूचकमा सामान्य बृद्धि भएको छ ।

२ अर्ब ८० करोड रुपैयाँ शेयर पूँजी भएको इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ३१ करोड रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब २४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब १० करोड थियो भने अन्य इक्विटीमा १ अर्ब १६ करोड थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म इन्स्योरेन्स कम्पनीको महाविपत्ति कोषमा १९ करोड ९४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष महाविपत्ति कोषमा १८ करोड ८२ लाख रुपैयाँ थियो। महाविपत्ति कोषको आकार बढेको हो । स्पेसल रिर्जभमा २ अर्ब ५० करोड रहेको छ ।

दोस्रो त्रैमाससम्म इन्स्योरेन्स कम्पनीले १ अर्ब ५४ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ५० करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन सामान्य वृद्धि भएको हो।

यस अवधिमा इन्स्योरेन्स कम्पनीले पुनर्बीमा मार्फत ७३ करोड ७८ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षो सोही अवधिमा कम्पनीले ७१ करोड ५२ लाख खर्चिएको थियो ।

इन्स्योरेन्स कम्पनीले समीक्षा अवधिसम्म ८० करोड ३९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म इन्स्योरेन्स कम्पनीले ७९ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १ दशलमव ४२ प्रतिशतले बढेको छ।

वित्तीय विवरण अनुसार इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमाससम्म २२ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म इन्स्योरेन्स कम्पनीले ३६ करोड ९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ३७ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी १६ रुपैयाँ ०३ पैसा कायम भएको छ। पीई रेसियो ५०.५८ गुणा रहेको छ । इन्स्योरेन्स कम्पनीको प्रतिशेयर नेटवर्थ २८७ रुपैयाँ ३४ पैसा रहेको छ।

prabhu mahalaxmi
kumari