stcnepal long ad
ime life insurance
global ime bank long

एसके इनर्जीले २० करोड ८० लाखको आइपीओ निष्कासन गर्ने

बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अकिंत मूल्यमा २० लाख ८० हजार कित्ताले हुन आउने रकम २० करोड ८० लाख रुपैयाँको आइपीओ जारी गर्नेछ ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा इनर्जीका अध्यक्ष वीर बहादुर राई र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

इनर्जीले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७।२ मे।वा। क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 

prabhu mahalaxmi
kumari