एसके इनर्जीले २० करोड ८० लाखको आइपीओ निष्कासन गर्ने
बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडौँ । एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको हो ।
कम्पनीले १०० रुपैयाँ अकिंत मूल्यमा २० लाख ८० हजार कित्ताले हुन आउने रकम २० करोड ८० लाख रुपैयाँको आइपीओ जारी गर्नेछ ।
बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा इनर्जीका अध्यक्ष वीर बहादुर राई र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
इनर्जीले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७।२ मे।वा। क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।