sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । इन्स्योरेन्स कम्पनी सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल सघांईको अध्यक्षतामा पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ११.०५ प्रतिशत नगद (कर समत) लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

बोनस शेयर वितरणपछि जारी तथा चुक्ता पूँजीलाई तदनुरुप वृद्धि गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय समेत टुङ्गो लगाएको छ ।

इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ १० गते एक दिन बुक क्लोज गरेको थियो । तसर्थ, बुक क्लोजको आधारमा माघ ९ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिएका छन् ।

gold
kumari bank
nawakantipur long