stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र इनड्राइभ नेपालबीच सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमा सेवाको शुरु गरेको छ । इनड्राइभ नेपालका प्रयोगकर्ताहरुलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य एवं कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई इनड्राइभ नेपाल प्रयोगकर्ताहरुको सहज, सरल माध्यमबाट बीमासेवा उपलब्ध गराउने उद्देश्यले आज एक कार्यक्रमको आयोजना गरी शुरु गरेको हो ।

उक्त इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको बीमा सेवाको लागि कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र इनड्राइभ नेपालका तर्फबाट निर्देशक रिता पोखरेल सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।

उक्त बीमा सेवाबाट दुर्घटनाका कारणले चालक तथा यात्रुहरुको मृत्यु भएमा रु. ८ लाख, पूर्ण स्थायी अशक्तता भएमा रु. ८ लाख एवं दुर्घटनाको कारणले औषधोपचार गर्नु परेको अवस्थामा रु. ८० हजार रकम भुक्तानी गर्नेछ, भने नाबालिक यात्रुहरुको हकमा क्षतिपूर्ती रकमको ५० प्रतिशत खर्च पाउने गरी बीमालेखमा रक्षावरण गरिएको छ ।

साथै, बीमितले बीमा गरेको रक्षावरण गरिएको क्षति भएमा सो वापतको रकम कम्पनीको दाबी विभाग मार्फत दाबी गरि लिन सक्नेछन् ।

उक्त बीमालेख जारी गरिएबाट राइडर तथा इनड्राइभ प्रयोगकर्ताहरुले सरल र सहज रुपमा यात्रा गर्न सक्ने कम्पनीले विश्वास लिएको छ ।

उक्त बीमा सेवाबाट समग्र बीमा क्षेत्रमा नै सकारात्मक सन्देश प्रवाह हुने इनडाइभ प्रयोगकर्ताहरु आफनो गन्तव्य सम्म पुग्नको लागि सुरक्षित यात्राको महसुस गर्नेछन् ।

यसका साथै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड निर्जीवन बीमा क्षेत्रमा एक उत्कृष्ट बीमा कम्पनीको रुपमा स्थापित गर्ने लक्ष्यका साथ अघि बढेको जानकारी गराउँदछ ।

prabhu mahalaxmi
kumari