stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

हिमालयन लाइफ इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

दोस्रो त्रैमाससम्म कम्पनीले ३७ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३४ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा नाफा ८.७३ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ८ अर्ब २६ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले यही अवधिसम्म ८ अर्ब ९ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। कुल बीमाशुल्क २.१४ प्रतिशतले बढेको छ।

पुसम्ममा कम्पनीले ८ अर्ब ६ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कमपनीले ७ अर्ब ८९ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। खुद बीमाशुल्क २.१३ प्रतिशतले बढेको छ।

चुक्तापुँजी ८ अर्ब २ करोड ३ लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा ७० अर्ब ४० करोड २१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष जीवन बीमा कोषमा ५८ अर्ब २९ करोड ६२ लाख रुपैयाँ रहेको थियो। जीवन बीमा कोषको आकार २०.७७ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ४६ करोड ९ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा २ अर्ब १३ करोड ३२ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी १७ करोड ८ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ४३ करोड ४८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ४२ करोड १३ लाख रुपैयाँ र अन्य इक्विटीमा २५ करोड २५ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ९.३८ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ८.६३ रुपैयाँ थियो। पीई रेसियो ४८.१७ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३०.२१ रुपैयाँ रहेको छ।

kumari bank
kumari
nawakantipur long