citizens life insurance long ad
stcnepal long ad

शिखर इन्स्योरेन्सको २० औँ वार्षिक साधारण सभा फागुन १३ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो २० औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन १३ गते आयोजना गर्ने निर्णय गरेको हो।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार ३०० रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।

जसमा १० प्रतिशतले हुन आउने २६ करोड ५४ लाख ९४ हजार ७२० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँबराबरको नगद लाभांश छन्।

साधारण सभाले नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र सो कार्य सम्पन्न गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रत्यायोजन गर्ने तथा संशोधित प्रबन्धपत्र र नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१को वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्ष २०८१/८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारण सभाले पारित गर्नेछ।

लाभांश र वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ ३० गतेदेखि साधारण सभा सम्पन्न नहुन्जेलसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। माघ २९ गतेसम्म कायम शेयरधनीहरुमात्रै कम्पनीको लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन्।

साधारण सभा काठमाडौंको थापाथलीस्थित शिखर बिज सेन्टरस्थित इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

IME Life
kumari