stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरण सार्वजनिक

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा १४७ दशमलव ४२ प्रतिशतले वृद्धि भएको छ।

लघुवित्त कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आर्थिक वर्षमा बढेर ११ करोड ८३ लाख रुपैयाँ पुगेको छ। चालू आर्थिक वर्षमा लघुवित्त कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेसँगै नाफा बढ्न मद्दत पुगेको हो।

सञ्चालन नाफा गत आर्थिक वर्षमा ६ करोड ८३ लाख रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षमा बढेर १६ करोड ९० लाख रुपैयाँ पुगेको छ।

त्यस्तै खुद ब्याज आम्दानी पनि गत आर्थिक वर्षमा २८ करोड ६३ लाख रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षमा बढेर ३५ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको कम्पनीले जगेडा कोषमा ६२ करोड रुपैयाँ १२ लाख रुपैयाँ सञ्चित गरेको छ। कम्पनीले ३ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेर ९ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४६ पैसा रहेकोमा चालू आर्थिक वर्षमा बढेर ३८ रुपैयाँ २४ पैसा पुगेको छ। त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ २०० रुपैयाँ ३८ पैसा छ।

kumari bank
kumari
nawakantipur long