citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

नेको इन्स्योरेन्सको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेको इन्स्योरेन्सको २५ प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज माघ १५ गते मंगलबार अन्तिम दिन हो ।

इन्स्योरेन्स कम्पनी हकप्रद सेयर बिक्री प्रयोजनका लागि माघ १८ गते बुक क्लोज गर्दैछ । माघ १६ गते शहिद दिवस र माघ १७ गते सोनाम ल्होछार परेकाले सरकारले सार्वजनिक विदा दिएको छ ।

यी २ दिन सेयर कारोबार हुँदैन । तसर्थ, आज माघ १५ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र नेकोको हकप्रद सेयर भर्न पाउनेछन् ।

इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । जस अनुसार कम्पनीले १ :०.२५ प्रतिशत अर्थात २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ ।

इन्स्योरेन्स कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१।५५ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।

हाल इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । नेपाल बिमा प्राधिकरणले निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ कायम गरेको छ । हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।

 

 

gold
himalayan life insurance long ad