stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेको इन्स्योरेन्सको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नेको इन्स्योरेन्सको २५ प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज माघ १५ गते मंगलबार अन्तिम दिन हो ।

इन्स्योरेन्स कम्पनी हकप्रद सेयर बिक्री प्रयोजनका लागि माघ १८ गते बुक क्लोज गर्दैछ । माघ १६ गते शहिद दिवस र माघ १७ गते सोनाम ल्होछार परेकाले सरकारले सार्वजनिक विदा दिएको छ ।

यी २ दिन सेयर कारोबार हुँदैन । तसर्थ, आज माघ १५ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र नेकोको हकप्रद सेयर भर्न पाउनेछन् ।

इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । जस अनुसार कम्पनीले १ :०.२५ प्रतिशत अर्थात २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ ।

इन्स्योरेन्स कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१।५५ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।

हाल इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । नेपाल बिमा प्राधिकरणले निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ कायम गरेको छ । हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।

 

 

prabhu mahalaxmi
kumari