macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

ज्योति लाईफ इन्स्योरेन्सले बीमितलाई २० लाख रुपैयाँ प्रदान

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले घातक रोग उपचार गर्न बीमित सलिम श्रेष्ठलाई २० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । ज्योति लाईफ इन्स्योरेन्सले दोलखा घर भई हाल बनेपा, काभ्रे बस्ने कम्पनीका बीमित श्रेष्ठलाई बीमा सम्झौता अनुसार घातक रोगको उपचार सुविधा बीमाङ्क वापत सो मात्राको रकम प्रदान गरेको हो ।
नीज बीमितले २०७६ साल आषाढमा बीस लाख रुपैयाँ बिमाङ्कको घातक रोग सुविधा सहितको “ज्योति सुरक्षित भविष्य योजना” बीमालेख खरिद गरेका थिए । सोही बमोजिम उनले बीमा सुविधा वापत उपचारको लागि उक्त रकम पाएका हुन् ।

कम्पनीले सर्वाधिक ३५ वटा घातक रोगहरुको लागि ५० लाख रुपैयाँसम्मको घातक रोग उपचार सुविधा सहित जीवन बीमा योजना जारी गरिसकेको छ ।

रकम हस्तान्तरणको क्रममा कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले कम्पनीले संयोगबस विश्व क्यान्सर दिवसकै दिन यसरी घातक रोग लागेका बिमितलाई उपचार खर्च दिन पाउँदा खुसी लागेको बताएका छन् । साथै, आगामी दिनहरुमा बीमितहरुलाई अझ स्तरिय सेवा दिने प्रतिबद्धता व्यक्त गर्ने बताएका छन् ।

२२ माघ २०७६, बुधवार २१:४६ बजे प्रकाशित

NTA long ad