citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

नेको इन्स्योरेन्सको २५ प्रतिशत हकप्रदमा माघ १८ गते बुक क्लोज गर्ने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि माघ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । तसर्थ, माघ १७ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र नेकोको हकप्रद सेयर भर्न पाउनेछन् ।

नेपाल धितोपत्र बोर्डले नेको इन्स्योरेन्सलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर बिक्रीे अनुमति दिएसकेको छ ।

जस अनुसार कम्पनीले १: ०.२५ प्रतिशत अर्थात २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ । इन्स्योरेन्सकम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । नेपाल बिमा प्राधिकरणले निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ कायम गरेको छ । हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।

 

gold
himalayan life insurance long ad
kumari bank