stcnepal long ad
global ime bank long

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ आज (माघ ६ गते)आइतबार बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बिहान ९ बजे आइपीओ बाँडफाँड गरिएको हो।

इन्स्योरेन्स कम्पनीले गत पुस २१ गतेदेखि पुस २४ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो।  इन्स्योरेन्स कम्पनीले धितोपत्र बोर्डबाट चुक्तापुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको आइपीओ बिक्री गर्ने अनुमति पाएको थियो।

इन्स्योरेन्स कम्पनीले दोस्रो चरणमा ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता आफ्ना कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको थियो।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा १८ लाख ३० हजार ८५७ आवेदकबाट २ करोड ३२ लाख २ हजार ५४० कित्ता शेयरका लागि आवेदन परेको थियो। जुन मागभन्दा १२.५८ गुणाले बढी हो।

कुल परेको आवेदनमध्ये १८ लाख २२ हजार ४०५ आवेदकबाट माग भएको २ करोड ३० लाख ३५ हजार ७३० कित्ता शेयर सदर भएको छ भने ८ हजार ४५२ आवेदकबाट माग भएको १ लाख ६६ हजार ८१० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण गार्डियन माइक्रो लाइफको आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। सदर आवेदकमध्ये १६ लाख ३७ हजार ९०५ आवेदकबाट हात खाली भएको छ। यो आइपीओ अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ।

 

IME Lifesidebar
kumari