stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

माघ ८ गतेदेखि नेपाल माइक्रो इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बिक्री गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी माघ ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ बिक्री गर्ने भएको छ।

इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ अंकित मूल्य १०० रुपैयाँका दरले बिक्री गर्न स्वीकृति पाएको थियो।

इन्स्योरेन्स कम्पनीले पहिलो चरणमा साधारण शेयरको १० प्रतिशतले हुन आउने २ लाख २५ हजार कित्ता शेयर अंकित मूल्य १०० रुपैयाँ प्रतिकित्ताका दरले नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गर्न लागेको हो ।

यसमा वैदेशिक रोजगारीमा रहेकाले माघ २२ गतेसम्म आवेदन दिन पाउनेछन्। आवेदन दिँदा न्यूनतम १० कित्ता र बढीमा १ लाख कित्ता शेयर खरिदको माग सहित आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

त्यस्तै कम्पनीले ३ प्रतिशतले हुन आउने ६७ लाख ५०० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेका १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला गर्नेछ। साथै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खरिद प्रस्ताव गरिएको शेयर बाँकी रहेमा सो समेत थप गरिने व्यवस्था रहेको छ।

यसमा बिक्री प्रबन्धकको काम एनआइएमबि एस क्यापिटल लिमिटेडले गर्नेछ। इच्छुक लगानीकर्ताले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै मेरो शेयर अनलाईन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

prabhu mahalaxmi
kumari