stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

लिबर्टी इनर्जी कम्पनीले अवितरित सर्वसाधारण शेयरेको बिक्री गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले अवितरित सर्वसाधारण शेयरेको बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले कुल ८ लाख २६ हजार ५७४ कित्ता सर्वसाधारण समूहको शेयर बिक्री गर्न लागेको हो ।

यसअघि कम्पनीले १.०.५ को अनुपातमा हकप्रद बिक्री खुला गरी आवेदन मागेको थियो । तर सर्वसाधारण समूहको शेयरमा आवेदन परेको थिएन । कम्पनीले सोही शेयर लिलाम बढाबढमार्फत बिक्री गर्न लागेको हो ।

आवेदन दिँदा न्यूनतम १०० कित्ता र अधिकत सम्पूर्ण कित्ताका लागि माघ २ गतेदेखि ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिकित्ता १०० रुपियाँ तोकिएको यो शेयर जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । इच्छुक लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गरी गोप्य शिलबन्दी पेश गर्नपर्नेछ ।

आवेदन कम्पनीको बिक्री प्रबन्धक नेपाल प्रभु क्यापिटल, कमलादी काठमाडौं वा प्रभु बैंकका विराटनगर, वीरगन्ज, जाउलाखेल, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखामा बुझाउन सकिनेछ । बोलपत्र फाराम पनि सोही स्थानमा पाइने कम्पनीले जनाएको छ ।

prabhu mahalaxmi
kumari