citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

लिबर्टी इनर्जी कम्पनीले अवितरित सर्वसाधारण शेयरेको बिक्री गर्ने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले अवितरित सर्वसाधारण शेयरेको बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले कुल ८ लाख २६ हजार ५७४ कित्ता सर्वसाधारण समूहको शेयर बिक्री गर्न लागेको हो ।

यसअघि कम्पनीले १.०.५ को अनुपातमा हकप्रद बिक्री खुला गरी आवेदन मागेको थियो । तर सर्वसाधारण समूहको शेयरमा आवेदन परेको थिएन । कम्पनीले सोही शेयर लिलाम बढाबढमार्फत बिक्री गर्न लागेको हो ।

आवेदन दिँदा न्यूनतम १०० कित्ता र अधिकत सम्पूर्ण कित्ताका लागि माघ २ गतेदेखि ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिकित्ता १०० रुपियाँ तोकिएको यो शेयर जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । इच्छुक लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गरी गोप्य शिलबन्दी पेश गर्नपर्नेछ ।

आवेदन कम्पनीको बिक्री प्रबन्धक नेपाल प्रभु क्यापिटल, कमलादी काठमाडौं वा प्रभु बैंकका विराटनगर, वीरगन्ज, जाउलाखेल, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखामा बुझाउन सकिनेछ । बोलपत्र फाराम पनि सोही स्थानमा पाइने कम्पनीले जनाएको छ ।

gold
himalayan life insurance long ad