stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

कुमारी बैंकको चौबिसौं वार्षिक साधारणसभा माघ २१ गते

लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन।

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरिसकेकाले लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ।

साथै सहायक कम्पनी कुमारी क्यापिटल र के.बि.एल सेक्यूरिटिज लिमिटेडको गत आर्थिक वर्षको वित्तीय विवरण पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनका लागि बैंकले माघ ११ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजको आधारमा माघ १० गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन्।

साधारण सभा माघ २१ गते काठमाडौंको टुंडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि बस्ने भएको छ।

prabhu mahalaxmi
kumari bank
kumari