citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

नेपाल लाइफले सार्वजनिक गर्‍यो आकर्षक नेपाल लाइफ रक्षा कवच म्यादी जीवन बीमा योजना

kumari bank
Prabhu Insurance Long Ad
global bank

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना सार्वजनिक गरेको छ ।

न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ पुस १८ गते काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उक्त बीमा योजना सार्वजनिक गरेका हुन् ।

एक निश्चित अवधिका लागि सुरक्षा प्रदान गरी दुर्भाग्यपूर्ण घटनाको अवस्थामा आफ्नो परिवारका लागि आर्थिक सुरक्षा, सुनिश्चिता प्रदान गर्ने नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना (मुनाफामा सरिक नहुने) म्यादी जीवन बीमा हो । यसको न्यूनतम बीमाङ्क रकम पाँच लाख रूपैयाँ र अधिकतम बीमाङ्क रकम एक करोड रूपैयाँ रहेको छ ।

यस योजनामा सरिक हुन बीमितको उमेर न्यूनतम १८ वर्ष र अधिकतम ५९ वर्ष हुनुपर्नेछ । बीमा अवधि न्यूनतम १ वर्षदेखि अधिकतम ३५ वर्षसम्म हुनेछ भने बीमा समाप्तिमा बीमितको अधिकतम उमेर ६० वर्ष रहेको छ । यस योजनामा ऐच्छिक सुविधा (एडीबी, एडीबीरपीटीडीरपीडब्लूबी) पनि न्यूनतम ५ वर्षदेखि अधिकतम ३५ वर्ष अवधिसम्म लिन सकिने छ ।

यस योजना अन्तर्गत बीमा अवधिभित्र जुनसुकै समयमा बीमितकोे मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।

कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले यो योजना सार्वजनिक गर्न पाउँदा खुसीको आभास भएको बताए । सामान्य सिद्धान्तअनुसार आम्दानीको १५ गुणासम्मको बीमा लिनु नितान्त आवश्यक रहेको विचार व्यक्त गरे । जोखिम बहनलाई मुख्य प्राथमिकतामा राख्दै यो म्यादी जीवन बीमा योजना सार्वजनिक गरिएको बताए ।

यो पोलिसीलाई मूल पोलिसीमा गाभेर बीमितलाई दिन सकिए सानो रकममा ठूलो जोखिम बहन हुने बताए ।सम्पूर्ण अभिकर्तालाई सहजताका साथ यसलाई बजारीकरण गर्न आग्रह गरे ।

कोर प्रडक्टसँगै गाभेर बजारमा पस्किइएको यो योजना एकदमै प्रभावकारी र उत्तम रहेको र नेपाली बीमा उद्योगमा यो योजना कोसेढुङ्गा साबित हुनेमा आफू विश्वस्त रहेको बताए । यस योजनाको उद्देश्यलाई मूर्तता प्रदान गर्न समस्त अभिकर्ता तथा कर्मचारीहरूलाई अग्रसरताका साथ अगाडि लम्कन आग्रह गरे ।

कम्पनीका नेशनल सेल्स हेड उमापति पोखरेलले थोरै बीमा शुल्कमा धेरै जोखिम बहन हुने बताए । यस बीमा योजनालाई छुट्टै बीमालेखका साथै अन्य ६ वटा योजनामा पूरक करार सुविधाका रूपमा पनि लिन सकिने हुँदा यसको फाइदा उठाउन सबैमा आग्रह गरे ।

यस योजनालाई मूर्त रूप प्रदान गर्न सहयोग गर्ने नियामक निकाय नेपाल बीमा प्राधिकरण, एक्चुअरी डिपार्टमेन्ट तथा यसलाई साकार पार्न अहोरात्र खट्ने सबैलाई बधाई ज्ञापन गरे । यो योजना सबै सरोकारवालाहरूको हितमा रहेकाले यसको फाइदा उठाउन सबैमा आग्रह गरे ।

आम ग्राहकहरूको आजको आवश्यकतालाई मध्यनजर गर्दै योजना सार्वजनिक गरिएको बताए ।
कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले यो योजना उकृष्ट रहेको र यसले बीमाको दायरा बढाई हरेक आयस्रोत भएका वर्गमा बीमाको पहुँच पुर्‍याउन सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरूलाई दत्तचित्त भई लाग्न अनुरोध गरे ।

साथै नेपाल लाइफ जीवन बीमा क्षेत्रको एक अग्रणी संस्था भएकाले आर्थिक जोखिमलाई कम बीमा शुल्कमा बीमितलाई आवश्यक पूर्ण सुरक्षा प्रदान गर्न यो योजना ल्याइएको बताए । यस किसिमको योजनाले बीमालेखको विविधीकरण गर्दै संस्थालाई स्थायित्व प्रदान गर्र्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

तालिम विभागका प्रमुख रोजेश बस्नेतले यो योजनासँग आधारित प्रस्तुति दिएका थिए । उनले यो योजनाका मुख्य विशेषता र यसका फाइदाका विषयहरूमा स्पष्ट पारे ।

साथै उनले नेपाल लाइफ रक्षा कवच मात्र लिँदा कुनकुन पूरक करार जोड्न मिल्छ भन्ने उदाहरणसहित प्रस्तुतीकरण दिएका थिए ।

यसका साथै यो योजना अन्य बचतसहितको सावधिक र आजीवन जीवन बीमा योजनामा जोडेर लिँदा केकस्ता सुविधा थप प्राप्त हुन्छ भन्ने पनि उदाहरणसहित प्रस्तुतीकरण दिएका थिए ।

 

 

gold
himalayan life insurance long ad