stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सिविफिनको अध्यक्षमा पुन: उपेन्द्र पौड्याल निर्विरोध

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) को अध्यक्षमा पुन: उपेन्द्र पौड्याल निर्विरोध चयन भएका छन्।

सिविफिनको पाँचौ वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा पौड्यालको मात्रै उम्मेदवारी परेपछि उनी लगायत कार्यसमितिका सचिव बाहेकका अन्य पदका पदाधिकारीहरु निर्विरोध चयन भएका हुन्।

वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका राजेश उपाध्याय चयन भएका छन् भने रिलायन्स फाइनान्सका कुश प्रसाद मल्ली उपाध्यक्षमा चयन भएका छन्। महासचिवमा हिमालयन बैंकका प्रचण्ड बहादुर श्रेष्ठ निर्वाचित भएका छन्।

सचिव पदमा भने विकास बैंकबाट महेन्द्र कुमार गोयल र थानेश्वर पौडेलले उम्मेदवारी गरेकाले यसमा टुंगो लाग्न बाँकी रहेको सिविफिनले जानकारी दिएको छ । यद्यपी कोषाध्यक्षमा एनआइसी एशिया बैंकका तुलसीराम अग्रवाल र सह–कोषाध्यक्षमा गोर्खा फाइनान्सका गौरव बुढाथोकी चयन भएका छन्।

सदस्यहरुमा राजाराम खड्का, डा. बाल गोपाल वैद्य, लिला प्रकाश सिटौला, मनोजकुमार गोयल, चन्द्र बहादुर अधिकारी, राधेश पन्त, रमण नेपाल, सुदिप आचार्य, चिन्तामणी भट्टराई र लक्ष्मी प्रसाद महर्जन चयन भएका छन् ।

यस्तै नयाँ कार्यसमितिको घोषणा बैंक तथा वित्तीय संस्था परिसंघको निर्वाचन समितिले गरेको हो। यससँगै सिविफिनमा सचिव पदमा बाहेक कार्यसमतिका अन्य सदस्यहरुमा एकभन्दा बढी उम्मेदवारी नपरेपछि सबै सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long