stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिटिजन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरणमा शतप्रतिशतसम्म छुट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने निर्णय गरेको छ।

आज पुस २ गतेदेखि पुस २५ गतेसम्म इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गराउँदा विलम्ब शुल्कमा छुट दिने इन्स्योरेन्स कम्पनीले जनाएको छ।

इन्स्योरेन्स कम्पनीले बीमितलाई छुट अवसरको फाइदा उठाउँदै बीमालेख नवीकरण गर्न समेत आग्रह गरेको छ।

साथै यस्तो छुट सुविधा बीमा अवधिभर एकपटक मात्र पाइने र यो सुविधा मार्फत् नवीकरण गरिएका बीमालेख २ वर्षभित्र समर्पण भएमा छुट बापतको सुविधा कट्टा गरिने इन्स्योरेन्स कम्पनीले जनाएको छ।

prabhu mahalaxmi
kumari