citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

लक्ष्मी सनराइज बैंकको २४औं वार्षिक साधारण सभा पुस २४ गते

५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश प्रस्ताव पेश हुने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश पारित गर्न २४औं वार्षिक साधारणसभा डाकेको छ । बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले २४औं वार्षिक साधारण सभा पुस २४ गते अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।

साधारण सभामा चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पेश हुनेछ ।

गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्ने, चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेन्डा पनि सभामा पेश गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १७ गते बुधबार बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १६ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनुका साथै साधारण सभामा सहभागी बन्न पाउने छन्।

gold
himalayan life insurance long ad