citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

शिखर इन्स्योरेन्सको नाफा सामान्य बढ्यो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा शिखर इन्स्योरेन्सको खुद नाफा सामान्य बढेको छ । यसअवधिमा नाफा २.५१ प्रतिशतले बढेर ११ करोड ५२ लाख ३५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ११ करोड २४ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यता, खुद बिमा शुल्क आर्जन पनि सामान्य अर्थात् १.५७ प्रतिशतले बढेर २८ करोड २२ लाख ५३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २७ करोड ७८ लाख ९९ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

असोज मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी पनि सामान्य अर्थात् ४२ पैसाले बढेर १७ रुपैयाँ ३६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ ६२ पैसा छ ।

gold
himalayan life insurance long ad