citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

नेपाल बैंक ८८ वर्षमा प्रवेश, निक्षेप २.९० खर्ब पुग्यो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । बिक्रम सम्वत् १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपालको पहिलो बैंक नेपाल बैंक ८७ वर्ष पूरा गरी ८८औँ वर्षमा प्रवेश गरेको छ ।

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताहरूले ८ लाख ४२ हजार रुपैयाँ चुक्ता पुँजी, निक्षेप १७ लाख र १९ लाख लगानीमा बैंक स्थापना भएको थियो ।

आजभन्दा ८७ वर्षभन्दा पहिला थोरै मान्छेले मात्रै बैंक शब्द सुनेका बेलामा प्रभुत्व वर्गबाट नेपाल बैंक स्थापना भएको हो । र, २० वर्ष केन्द्रीय बैंकको भूमिका समेत यस बैंकले निर्वाह गरेको छ । वि.सं २००२ सालमा नेपाल सरकारले पहिलो पटक नोट निष्काशन गर्दा नेपाल बैंकले भूमिका निर्वाह गरेको थियो ।

नेपाल र नेपालीलाई बैंक के हो ? कसरी निक्षेप राख्ने ? कर्जा कसरी लिने रु रेमिट्यान्स कसरी भुक्तानी गर्ने रु लगायत बैंकका सामान्य कखरा सिकाउने नेपाल बैंक जननी हो ।

अहिले  बैंकको  चुक्ता  पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ र जगेडा कोष २४ अर्ब रुपैयाँ बढी छ । बैंकको नेटवर्थ साढे ३७ अर्ब भन्दा बढी छ ।

पछिल्लो तथ्याङ्क अनुसार बैंकले २ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब १५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

२७ सयको हाराहारीमा स्थायी र करार कर्मचारी छन् । केही सहयोगी कर्मचारी र आउटसोर्सिङ गरी कुल ३६ सय कर्मचारी बैंकमा कार्यरत छन् । बैंकले ६.८६ प्रतिशत आधार दरमा कर्जा उपलब्ध गराइरहेको छ ।

gold
himalayan life insurance long ad