stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

सिटिजन्स बैंकको ४ लाख कित्ता शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको ४ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ४ लाख कित्ता शेयर बिक्रीमा राखिएको हो।

यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०२ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले खरिदन निवेदन दिँदा तोकिएको मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

शेयर खरिदका लागि निवेदन दिन ३५ दिनको म्याद दिइएको छ। उक्त अवधिभित्र इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

prabhu mahalaxmi
kumari