citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सूर्यज्योति लाइफको व्यतित बीमालेख नवीकरणमा छुट

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण लाग्ने ब्याजमा छुट दिने निर्णय गरेको छ। कम्पनीले कात्तिक २५ गतेदेखि ३० गतेसम्मका लागि छुट दिने निर्णय गरेको हो।

कम्पनीका अनुसार व्यतित मितिदेखि ५ वर्ष ननाघेका बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा ५० प्रतिशत र ५ वर्ष नाघिसकेको बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा ३५ प्रतिशत छुट पाइँनेछ।

कम्पनीले छुट सुविधाको सदुपयोग गर्दै ग्राहकलाई व्यतित बीमालेख नवीकरण गर्न अनुरोध गरेको छ। साथै यस्तो छुट सुविधा बीमा अवधिभर एक पटक मात्र पाइँने र २०८२ कात्तिक २५ सम्म परिपक्व हुने बीमालेखमा यो सुविधा लागु नहुने जनाएको छ।

छुट सुविधा प्रयोग गरी नवीकरण भएका बीमालेख १ वर्षभित्र समर्पण भएमा छुट सुविधाको रकम कट्टा गरिने शर्त कम्पनीले राखेको छ।

 

gold
himalayan life insurance long ad