citizens life insurance long ad
stcnepal long ad

हिमालयन लाइफको बोनस दर घोषणा, ८६ रुपैयाँसम्म दिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्मको बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले जारी गरेको विभिन्न बीमा योजनामा ८५ रुपैयाँसम्म बोनस दर कायम गरेको हो । कम्पनीको आर्थिक वर्ष २०७९/८० को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा प्राधिकरणबाट असोज ७ गते स्वीकृत भई बीमालेखहरूमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

सावधिक बीमालेख योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार २७ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४३ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ६४ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

सावधिक तथा आजीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार ३६ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५७ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७५ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

अग्रिम भुक्तानी सावधिक योजनामा १० वर्षदेखि १४ वर्ष अवधिको ५६ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ६४ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ७१ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ८६ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

जीवन उपहार (अग्रिम भुक्तानी) योजनामा १६ वर्ष अवधिका लागि ४८ रुपैयाँ र जीवन उपहार (सावधिक) बीमा योजनामा १५ वर्ष अवधिको ३२ रुपैयाँ बोनस दर तोकेको छ ।

सावधिक बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार ३८ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ४१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४९ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७६ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

सावधिक तथा आजीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार ३८ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ३८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४८ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७३ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

अग्रिम भुक्तानी सावधिक योजनामा ० देखि १४ वर्ष अवधिको प्रतिहजार ३४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४६ रुपैयाँ र वार्षिक नगद फिर्ता बीमा योजनामा ० देखि १४ वर्ष अवधिको प्रतिहजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४१ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

सुरक्षित भविष्य जीवन बीमा योजनामा ० देखि १४ वर्ष अवधिको १८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको २३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७० रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

३० वर्षे जीवन रक्षक (सिमित भुक्तानी), सावधिक लघु जीवन बीमा र कर्पोरेट जीवन बीमा योजनामा ० वर्षदेखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७० रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

सावधिक तथा बालबच्चा सावधिक जीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार ३३ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ३६ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३९ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४२ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७५ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

सिमित भुक्तानी सावधिक जीवन बीमा ९एकल० योजनामा १० वर्षदेखि १४ वर्ष अवधिको ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ३५ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ४५ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

सिमित भुक्तानी सावधिक जीवन बीमा योजनामा १० वर्षदेखि १४ वर्ष अवधिको ३३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४३ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७५ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

सावधिक तथा आजीवन जीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार ४० रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ७४ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

सिमित भुक्तानी सावधिक तथा आजीवन जीवन बीमा योजनामा सबै अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, बार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार २४ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको २७ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ३३ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार २४ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको २४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको २७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ३० रुपैयाँ, २५ वर्षभन्दा माथि अवधिको ४१ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

जिवन आधार जीवन बीमा योजनाका सबै अवधिमा प्रतिहजार ५० रुपैयाँ, जिवन सम्पन्न बीमा योजनाका सबै अवधिको ५३ रुपैयाँ, जिवन उत्थान बीमा योजनाका सबै अवधिमा ४० रुपैयाँ, जिवन आवरण बीमा योजनाका सबै अवधिमा ४३ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ ।

बालबच्चा सावधिक जीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको प्रतिहजार ३३ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ३६ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३९ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ ।

कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ ।

साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।

IME Life
kumari