stcnepal long ad
ime life insurance
national life
global ime bank long

स्टार माइक्रो इन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो शेयर सर्वसाधरणमा निष्कासनका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

आइतबार गरिएको उक्त सम्झौतामा निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

स्टार माइक्रो इन्स्योरेन्सले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको  २२ लाख ५० हजार कित्ता  साधारण शेयर  सर्वसाधारणका लागि निष्कासन गर्न लागेको छ । यसको प्रतिशेयर मूल्य १०० रूपैयाँ निर्धारण गरिएको छ ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सीमान्तकृत समुदायका व्यक्तिहरूलाई निर्जीवन लघु बीमा सेवा पुर्‍याउने लक्ष्यअनुरूप स्टार माइक्रो इन्स्योरेन्स २०७९ पुस १४ मा दर्ता भएर सञ्चालनमा आएको हो ।

यसले २०८० भदौ १ देखि निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरी देशका विभिन्न स्थानहरूमार्फत लघुु निर्जीवन बीमा सम्बन्धी कारोबार गर्दै आइरहेको छ ।

 

IME Lifesidebar
kumari