stcnepal long ad
ime life insurance
national life
global ime bank long

एशियन लाइफले व्यतित बीमालेखमा ५० प्रतिशत ब्याज छुट दिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ५० प्रतिशतसम्म ब्याज छुट दिने भएको छ ।

कम्पनीले २०८१ साउन मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेको(पूर्ण व्यतित भएका) बीमालेखहरु भदौ १० गतेदेखि असोज १० गतेभित्र पुनर्जागरण गराउने बीमितहरुलाई ब्याज छुट दिने जनाएको छ ।

कम्पनीका अनुसार ५ वर्षदेखि माथि व्यतित बीमालेखमा ५० प्रतिशत ब्याज छुट र २ वर्षदेखि ५ वर्षभन्दा कमका व्यतित बीमालेखमा २५ प्रतिशत ब्याज छुट दिइनेछ ।

२ वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुुट प्रदान नगरिने कम्पनीको भनाइ छ । एकपटक ब्याज छुट लिइसकेका बीमितहरुलाई पुनः ब्याज छुट प्रदान नगरिने पनि कम्पनीले जनाएको छ ।

IME Lifesidebar
kumari