stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

आइपीओ निष्काशनको तयारी गरिरहेको गार्डियन माइक्रो लाइफले पायो रेटिङ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सर्वसाधारणमा शेयर निष्काशनको तयारीमा रहेको लघु जीवन बीमक गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले केयर एनपि डबल बी माइनस रेटिङ पाएको छ। रेटिङ एजेन्सी केयर नेपालले प्राथमिक शेयर निष्काशन (आइपीओ) प्रयोजनका लागि यस्तो रटिङ प्रदान गरेको हो ।

केयरका अनुसार यस्तो रेटिङ प्राप्त शेयर जारीकर्ता बीमकले पूर्व निर्धारित समयावधि भित्रै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यमस्तरको जोखिम हुन्छ।

प्रारम्भिक वर्षहरूमा हुने उच्च सञ्चालन खर्च तथा व्यवस्थापन खर्च, जोखिमाङ्कन घाटा र बीमा व्यवसाय शुरू गरेको एकवर्ष मात्र पुरा भएकाले गार्डियन माइक्रो लाइफको रेटिङ यस्तो पाएको हो।

व्यवसाय सञ्चालनको घाटा भएपनि मुद्दती निक्षेपमा गरेको लगानीबाट प्राप्त ब्याज आम्दानीका कारण सञ्चालनको पहिलो वर्षमै यो कम्पनी नाफा आर्जन गर्न सफल भएको छ।

सञ्चालनमा आएको छोटो अवधि मात्र भएकाले व्यवसायको आकारमा बिस्तार, नियन्त्रित दाबी भुक्तानीका कारण हुने बचतलाई बीमा कोषबाट शेयरधनी कोषमा सार्न सक्ने क्षमता अझै हेर्न बाँकी नै छ।

यो कम्पनीले वैदेशिक रोजगारी म्यादी बीमाको बजारमा प्रवेश र पर्याप्त बीमाशुल्क आम्दानी गर्न सक्ने नसक्ने क्षमता पनि रेटिङको निरन्तरताका लागि चासोको विषय रहने केयर रेटिङ नेपालले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ।

इन्स्योरेन्सको रेटिङलाई अन्य बीमकसँगको प्रतिस्पर्धा र नियामकीय प्रावधानमा परिवर्तनका कारण उत्पन्न हुन सक्ने जोखिमले पनि प्रभावित पार्नेछ।

इन्स्योरेन्सको सञ्चालक समितिमा अनुभवी प्रवर्द्धक र उच्च व्यवस्थापनको संलग्नता यो कम्पनीको सबल पक्षका रूपमा उल्लेख गरिएको छ।

पर्याप्त पुनर्बीमा व्यवस्था, सीमित बीमाङ्कको म्यादी बीमा र लगानी किताबको सन्तोषप्रद अवस्थाले रेटिङका लागि सबल पक्षका रूपमा काम गरेको छ।

इन्स्योरेन्सले बीमालेखको बिक्रीमा विविधता ल्याउँदै कारोबार बिस्तार गर्न सक्ने क्षमता र लगानीको गुणस्तरियतालाई कायम गर्न सक्ने क्षमता रेटिङका लागि संवेदनशील रहनेछ।

यसबाहेक न्यूनत्तम चुक्ता पूँजी र नियामकीय सोल्भेन्सी ९सम्पत्ती र दायीत्व० अनुपात कायम गर्न सक्ने क्षमता पनि रेटिङका लागि चासोको विषय हुनेछ।

इन्स्योरेन्सले सर्वसाधारणलाई २२ लाख ५० हजार कित्ता साधारण शेयर प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले कुल २२ करोड ५० लाख रुपैयाँको शेयर निष्काशन गर्ने घोषणा गरेको छ।

शेयर निष्काशन तथा वितरणका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई प्रत्याभूतिकर्ताकारूपमा नियुक्त गरिसकेको छ।

prabhu mahalaxmi
kumari