stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

आर्थिक वर्षको पहिलो महिना सवा खर्ब व्यापार घाटा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा सवा १ खर्ब १६ अर्बभन्दा बढी देखिएको छ ।

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको आयात निर्यातको तथ्याङ्क अनुसार साउनमा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा जम्मा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँ बराबरको मात्र निर्यात हुन सकेको छ ।

समीक्षा महिनामा वैदेशिक व्यापारतर्फ सरकारलाई खुद १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ घाटा लागेको छ । अघिल्लो वर्षको यसै अवधिमा व्यापार घाटा १ खर्ब १५ अर्ब रुपैयाँ बराबर रहेको थियो । तुलनात्मक रूपमा आयात र निर्यात दुवै घट्दा यता व्यापार घाटामा पनि केही कम देखिएको हो ।

भन्सार विभागका अनुसार यस महिनाको आयात र निर्यातको अनुपात (इम्पोर्ट/एक्सपोर्ट रेसियो) १०.५० प्रतिशत देखिएको छ । अर्थात् एक सय रुपैयाँ बराबरको वस्तु आयात हुँदै गर्दा नेपालले जम्मा १०.५० रुपैयाँ बराबरको मात्र निर्यात गरेको छ ।

prabhu mahalaxmi
kumari