stcnepal long ad
ime life insurance
national life
global ime bank long

विश्वको दोश्रो ठूलो हिमाल केटुमा फहरायो सिटिजन लाइफको झण्डा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमाल आरोही छिरिङ शेर्पाले विश्वको दोश्रो ठूलो हिमाल माउण्ट केटुको शिखरमा जीवन बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्सको झण्डा फहराएका छन् ।

सिटिजन लाइफका अभिकर्ता समेत रहेका शेर्पाले ८ हजार ६११ मिटर अग्लो यो हिमाल पाकिस्तानी भूभागबाट आरोहण गरेका हुन् ।

शेर्पाले यसअघि नै दुई पटक विश्वको सर्वोच्च शिखरको सफल आरोहण गरि सकेका छन् । उनीसँग तीन पटक मनास्लु हिमालको साथै एक पटक धवलागिरी हिमाल र आमा दब्लम हिमाल आरोहणको पनि व्यक्तिगत रेकर्ड छ।

शेर्पाका अनुसार स्थानीय समय अनुसार २८ जुलाइमा बिहान ९ः१५ बजे केटु हिमालको सफलतापूर्वक आरोहण सम्पन्न भएको हो। उनी जापानी हिमाल आरोहण दलको साथमा केटु हिमाल आरोहणमा थिए ।

IME Lifesidebar
kumari