stcnepal long ad
national life

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश पारित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ औं वार्षिक साधारण सभा आज आषाढ २४ गते बुधबार कम्पनीको कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा सम्पन्न भयो ।

कोभिड–१९ कारण उत्पन्न जोखिमलाई ध्यानमा राखि आवश्यक सुरक्षाका मापदण्डहरु अपनाई, भर्चुवल प्रविधीलाई समेत उपयोग गरी सभा सम्पन्न गरियो ।

उक्त साधारण सभाले कम्पनीका अध्यक्ष मनोहर दास मूलद्वारा प्रस्तुत सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका प्रस्तावहरु पारित गरेको छ ।

सभाले आ.ब. २०७५/०७६ को मुनाफाबाट बिगतमा कम्पनीले जारी गरेको २०% हकप्रद शेयरले समेत प्राप्त गर्ने गरी चुक्ता पूंजी रु. १ अर्ब ५ करोड ६० लाखको ८.१२५% ले हुन आउने खुद रु. ८ करोड ५८ लाख बराबरको बोनस शेयर वितरण गर्ने र सो बाहेक कर प्रयोजनको लागि रु. ४२ लाख ९० हजार बराबर नगद लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साथै सभामा सर्वसाधारण शेयरधनीहरुको समूहबाट गणेश राज रेग्मी र कमल भटृराई आगामी चार बर्षको लागि निर्बिरोध  निर्वाचित गरेको छ ।

आ.ब. २०७५/०७६ मा अघिल्लो वर्षको तुलनामा बीमाशुल्क ८% ले बृद्धि भई रु. १ अर्ब ३६ करोड बीमाशुल्क आर्जन भएको जानकारी सभामा गराइयो ।

gold
kumari bank
kumari
nawakantipur long