citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा ५४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले स्व।बीमित नोर्बु लामा (तामाङ)को परिवारलाई बीमा दाबी वापतको भुक्तानी दिएको हो ।

स्व. बीमितले कम्पनीमा ५० लाख रुपैयाँ बीमाङको बीमा गराएका थिए । उनले ३ किस्ता वापत ५ लाख ८४ हजार २३७ रुपैयाँ तिरेका थिए ।

उनको मृत्यु भएपछि कम्पनीको नियम अनुसार स्व. बीमित लामाकी श्रीमति लक्ष्मी लामालाई कम्पनीले कुल ५४ लाख ५ हजार रुपैयाँ भुक्तानी दिएको हो ।

उक्त रकम बराबरको चेक स्व। बीमित लामाको हकवाला श्रीमति लक्ष्मीलाई बाग्मति प्रदेश उप प्रमुख दोर्जे लामाले हस्तान्तरण गरेका हुन् ।

हिमालयन लाइफको पाँचखाल शाखा प्रमुख बिशाल तिमल्सीनाले बीमा सबैको लागि अनिवार्य रहेको भन्दै बीमाले आपत विपद र दुःख परेको समयमा घाउमा मलम लगाउने काम गर्ने भएकाले सबैले बीमा गर्न आग्रह गरे । उनले यस कम्पनी सदैब बीमितको हितमा रहेको समेत बताए ।

gold
himalayan life insurance long ad