रसुवागढी हाइड्रोपावरको असार ११ गते दशौं र एघारौं वार्षिक साधारणसभा
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले कम्पनीको दशौं र एघारौं वार्षिक साधारणसभा एकसाथ डाकेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई कुनै लाभांशको व्यवस्था भने गरेको छैन ।
जेठ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार ११ गते साधारणसभामा आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।
साधारणसभा काठमाडौंको चण्डोलस्थित कुण्डलिनी दरबार ब्याङ्क्वेटमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो ।