सेन्साई ब्रान्डको दशैं–तिहार योजना सार्वजनिक
काठमाडौं । सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको लोकप्रिय जापानी ब्रान्ड सेन्साईले चाडपर्वलाई लक्षित गर्दै नयाँ उपहार योजना सार्वजनिक गरेको छ ।
जापानी प्रविधिमा निर्मित यी उत्पादनहरुले नेपाली उपभोक्ताको क्रयक्षमता र आवश्यकतालाई पूर्ण रुपमा ध्यानमा राखेको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सेन्साई ब्रान्डका सिनियर म्यानेजर सुवीरकुमार सिंहले बताए । अध्यारोपछि उज्यालो आउछ भन्ने नारा कम्पनीले राखेको छ ।
कम विद्युत खपत, लामो आयु र उत्कृष्ट विशेषता
यसपटकको चाडपर्वमा सेन्साईले विशेषगरी वासिङ मेसिनलाई प्राथमिकतामा राखेर बजारमा ल्याएको छ । कम्पनीले फ्रन्ट लोडिङ (६ केजी) र सेमि–अटोमेटिक (२ केजी) वासिङ मेसिनको खरिदमा सर्फ एक्सेल समेत उपलब्ध गराएको छ । बम्पर उपहारका रुपमा डबल डीडी वासिङ मेसिन राखिएको छ ।
यस वासिङ मेसिनका मुख्य विशेषताहरुमा न्यून विद्युत् तथा पानी खपत, लामो टिकाउपन र मोटरमा १० वर्षको वारेन्टी रहेका छन् । कम्पनीले सस्तो मात्र नभई उपभोक्ताको लगानी अनुसारको उच्च गुणस्तरीय भ्यालु प्रोडक्टहरु बजारमा भित्र्याएको छ ।
क्युआर कोड स्क्यान गरी बम्पर उपहारको अवसर
चाडपर्व योजना अन्तर्गत सेन्साईका कुनै पनि उत्पादन खरिद गर्ने ग्राहकले त्यसमा रहेको क्युआर कोड स्क्यान गरेर बम्पर उपहार योजनामा सहभागिता जनाउन सक्नेछन् ।
बिक्रीसँगै ग्राहकको विश्वास जित्नका लागि उत्कृष्ट सेवा प्रदान गर्ने कम्पनीको मुख्य लक्ष्य रहेको छ ।
ग्राहकले काठमाडौं उपत्यकाभित्र वा सम्बन्धित डिलरमार्फत निःशुल्क होम डेलिभरी र फिटिङ सुविधा पाउनेछन् ।





















