citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

दक्षिण अस्ट्रेलियाको प्रतिष्ठित अलुम्नाई अवार्ड नेपाली कृषि इन्जिनियर चन्दलाई

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । दक्षिण अस्ट्रेलिया सरकार र स्टडी एडिलेडले नेपाली कृषि इन्जिनियर डा. जीतबहादुर चन्दलाई ‘आउटस्ट्यान्डिङ अलुम्नाई २०२६’ अवार्ड प्रदान गर्ने घोषणा गरेका छन्।

कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका सूचना अधिकारी तथा वरिष्ठ कृषि इन्जिनियर चन्द उक्त अवार्डका लागि छनोट भएका हुन्।

दक्षिण अस्ट्रेलियाका शैक्षिक संस्थाबाट उपाधि हासिल गरेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रदान गरिने यो अवार्ड सन् २०२२ देखि सुरु गरिएको हो।

अवार्डका लागि करिब २० सदस्यीय निर्णायक मण्डलले विभिन्न मापदण्डका आधारमा उम्मेदवारको मूल्यांकन गरी विजेता छनोट गर्ने व्यवस्था छ।

छनोट प्रक्रियामा दक्षिण अस्ट्रेलियामा हासिल गरेको शिक्षाले व्यावसायिक विकासमा पुर्‍याएको योगदान, त्यहाँ रहँदा गरेको योगदान, अस्ट्रेलिया र आफ्नो देशबीचको सम्बन्ध विस्तारमा खेलेको भूमिका तथा वर्तमान कार्यसम्पादनलाई प्रमुख आधार मानिन्छ।

त्यसैगरी, समुदायको विकास र युवालाई प्रेरित गर्न गरेका स्वयंसेवामूलक गतिविधिलाई समेत मूल्यांकनको आधार बनाइन्छ।

IME Life
kumari