सानिमा जिआईसी इन्स्योरेन्सको नाफा २१%ले बढ्यो
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।
२ अर्ब शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा २० करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २१.८० प्रतिशतले वृद्धि भएको हो ।
चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म स्पेसियल रिजर्भ सिर्षकमा ५३ करोड ७५ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा १८ करोड १८ लाख रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब ५३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४० करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ९.२८ प्रतिशतले वृद्धि भएको हो ।
त्यस्तै कम्पनीले ४९ करोड ४३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा खुद बीमा शुल्क आर्जन १७।३१ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १३.४० रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४२.६६ रुपैयाँ रहेको छ ।