stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

‘मिस नेपाल पिस २०२४’ को विजेता आगामी जेठ ५ गते छानिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नर्सिङ सुन्दरीहरुको सहभागीता रहने एकमात्र सौन्दर्य प्रतियोगीता एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को विजेता आगामी जेठ ५ गते एक भब्य कार्यक्रमकाबीच छानिने छ।

प्रतियोगीतामा २४ सुन्दरी शिर्ष उपाधिका लागि भिड्दैछन्। फाइनल अगाडि प्रतियोगीताको ‘ट्यालेन्ट राउन्ड’ आयोजना भएको छ।

जसमा सबै प्रतियोगीले आफूमा रहेको नृत्य, गायनलगायत बिभिन्न ट्यालेन्ट देखाएका छन्। ट्यालेन्ट राउण्डमा रोशन गहतराज (कोरियोग्राफर), डा. स्कृति मासके (सह–प्रोफेसर), रोनिश खड्गी ( विजेता मोडल हन्ट नेपाल २०२४०, नम्रता श्रेष्ठ)(मिस नेपाल २०२०), सजना केसी (एनक्लेक्स नेपाल एमडी), कोसिस क्षेत्री (गायक तथा कलाकार) लगायत निर्णायक रहेका थिए।

ट्यालेन्ट राउण्डको विजेता पनि फाइनलमा घोषणा गरिने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए।

प्रतियोगिताको यो ७ औँ संस्करण हो। यस संस्करण प्रलिजा ढकाल, दिव्या बम ठकुरी, प्रिया सुनुवार, नबिना हयु राई, प्रिया पाण्डे, समीक्षा भण्डारी, लस्ता श्रेष्ठ, सुरुची देवकोटा, स्वस्तिक बुढाथोकी, आयुषा गुरागाईं, मोनिका थापा मगर, सिमा राउत, रिया जोशी, गुञ्जना बाँस्तोला, लालीमाया तामाङ, सलिना बडे, सिजा कार्की, अपेक्ष्य कोइराला, बिधि लम्साल, सदिती श्रेष्ठ, रविना डंगोल, अनिशा पराजुली, कविता पाल, पला रेग्मी प्रतियोगी रहेका छन्।

सबै प्रतियोगी फाइनल स्पर्धाको लागि संन्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेसिङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण आफुलाई निखार्दै छन्। प्रतियोगीताको शिर्ष विजताले मिस ग्लोवलमा नेपालको प्रतिनिधित्व गर्नुको अलवा विभिन्न उपहार समेत जित्न सक्नेछन्।

‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारासहित लामो समयदेखि नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एकमात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो।

अन्तर्राष्ट्रियस्तरमै शान्तिको सन्देश फैल्याउँदै नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाजप्रति थप उत्तर दाइत्व बोध गराउने उद्देश्य प्रतियोगिताको रहेको आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन्।

prabhu mahalaxmi
kumari