citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

शिखर इन्स्योरेन्सको २६.२३ प्रतिशतले नाफा बढ्यो 

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । शिखर इन्स्योरेन्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा २६.२३ प्रतिशतले बढेर ३९ करोेड २ लाख ७३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३० करोड ९१ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद बिमा शुल्क आर्जन बढेसँगै यसको नाफामा वृद्धि भएको हो । यसअवधिमा खुद बिमा शुल्क आर्जन १६.०६ प्रतिशते बढेर १ अर्ब ८ करोड १६ लाख १० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ९३ करोड १९ लाख ३२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

चैत मसान्तसम्म आइपुग्दा शिखर इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ०७ पैसाले बढेर १९ रुपैयाँ ६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ४९ पैसा छ ।

gold
himalayan life insurance long ad