citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

जनउत्थान सामुदायिक लघुवित्तको नाफा ह्वातै बढ्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा जनउत्थान सामुदायिक लघुवित्तको नाफा ह्वातै बढेको छ । यसअवधिमा यसको नाफा १६३.१२ प्रतिशतले बढेर ९५ करोड ९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो  वर्षको यसैअवधिमा यसले ३६ लाख १४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

खराब कर्जा घटेकाले खुद नाफा बढेको हो । खराब कर्जा १.१७ प्रतिशत विन्दुले घटेर १०.३१ प्रतिशतमा आएको छ । यसअवधिमा सञ्चालन नोक्सानी पनि घटेको छ ।

गत वर्ष १ करोड ७२ लाख ९ हजार रुपैयाँ रहेको सञ्चान नोक्सानी यो वर्ष ७६ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ ।

यता, खुद ब्याज आम्दानी भने ८.३१ प्रतिशतले घटेर ६ कराड ४० लाख ८७ हजार रुपैयाँमा आएको छ । चुक्ता पुँजी १७ करोढ ९१ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४५ पैसार प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ २७ पैसा छ ।

himalayan life insurance
igi long