citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

हिमालयन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ७.९९ प्रतिशतले थोरै हो । गत वर्ष यसले ४७ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यता, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने १४.१० प्रतिशतले बढेर ४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

कुल आम्दानी १०.१४ प्रतिशतले बढेर १६ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । यद्दपि, खर्च वृद्धिको अनुपात झन धेरै भएपछि नाफामा केही कमी आएको हो । कुल खर्च १०.७३ प्रतिशतले बढेर १६ अर्ब २६ करोड पुगेको छ ।

हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङमा १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी पनि ०.९३ रुपैयाँले घटेर ७.२४ रुपैयाँ कायम भएको छभने प्रतिसेयर नेटवर्थ १२४.२५ रुपैयाँ रहेको छ ।

himalayan life insurance
igi long