नेपाल पुनर्बिमा कम्पनीको ११ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन
काठमाडौं । विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बिमा कम्पनीको ११ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्थाले पनि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम २ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनु पर्नेछ । कम्पनीले वैशाख १८ गतेदेखि यो सेयर लिलामीमा बिक्री खुला गरेको छ ।