citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरणमा ब्याज छुट दिने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुटको योजना सार्वजनिक गरेको छ ।

कम्पनीले जारी गरेको बीमालेख अन्तर्गत १८० वा सोभन्दा बढी समयदेखि व्यतित भई पुनर्जागरण तोकिएको प्रक्रिया पुरा गर्नुपर्ने गरी २०८१ वैशाख २५ गतेसम्म व्यतित भएका बीमालेखहरुमा वैशाख २५ गतेदेखि असार ६ गतेसम्म नविकरण बीमा शुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण शूल्कमा लाग्ने व्याजमा छुट प्रदान गरिएको जनाएको छ ।

निर्धारित मितिमा शुल्क तिर्नु बुझाउनुपर्नेमा बिमितहरुले उक्त शुल्क नतिरी व्यतित गरेकाहरुमध्ये १८० वा ३ बर्षसम्म व्यतित भएका बीमालेखको हकमा ३० प्रतिशत र ३ बर्ष देखि ५ वर्षसम्म व्यतित भएका बीमालेखको हकमा २५ प्रतिशत र पाँच वर्षभन्दा माथि व्यतित भएका बीमालेखमा २० प्रतिशत ब्याज छुट दिने कम्पनीले जनाएको छ ।

himalayan life insurance
igi long