citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

एलआइसी नेपालद्वारा २३ लाख ६८ रुपैयाँ मृत्यु दाबी रकम हस्तान्तरण 

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । एलआइसी (नेपाल) को चाबहिल शाखाले मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले २०८१ बैशाख ०४ गते सोमबार काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका ४ जोरपाटी निवासी स्व. सुमन पराजुलीको परिवारलाई जीवन बीमा वापतको २३ लाख ६८ हजार ५ सय रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

स्व. पराजुलीको श्रीमती कल्पना पराजुलीलाई उक्त मृत्यु दावी वापतको रकम एलआइसी नेपाल चाबहिल शाखाका शाखा प्रमुख नरेन्द्र बिष्ट र अभिकर्ता ईश्वरी प्रसाद भट्टराईको संयुक्त उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

स्व. बिमित पराजुलीको केही महिना अघि हृदयघातको कारण ४८ वर्षको उमेरमा निधन भएको थियो । उनले नौ वर्ष पहिले बरिष्ठ अभिकर्ता एवं एजेन्सी मेनेजर लक्ष्मण महत मार्फत रू १५ लाखको जीवन बीमा गराएका थिए ।

gold
himalayan life insurance long ad