citizens life insurance long ad
stcnepal long ad

सानिमा जीआइसी इन्स्योरेन्सको चैत २९ गते वार्षिक साधारण सभा

साधारण सभामा ५० करोड रुवैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्सको चैत २९ गते वार्षिक साधारण सभा बस्ने भएको छ । इन्स्योरेन्स कम्पनीले साधारण सभामा ५० करोड रुवैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्दैछ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ । त्यसको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभामा पेश गर्न लागेको हो । साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । यस इन्स्योरेन्सले लाभांश वितरण सम्बन्धी भने कुनै पनि प्रस्ताव पेश गरेको छैन ।साधारण सभा, अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

IME Life
kumari