citizens life insurance long ad
stcnepal long ad

सानिमा जीआईसी इन्स्योरेन्सको आठौं वार्षिक साधारण सभा जेठ ६ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले आफ्नो आठौं वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको वैशाख १० गते बसेको बैठकले सभा जेठ ६ गते बुधबार बिहान ११ बजे काठमाडौंस्थित नेपाल पुलिस क्लबमा आयोजना गर्ने निर्णय गरेको हो।

साधारण सभामा शेयरधनीका लागि ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ। प्रस्तावअनुसार कम्पनीले १० करोड ७५ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्नेछ भने कर प्रयोजनका लागि मात्र ५६ लाख ५७ हजार ८९५ रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ।

साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने, आगामी आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि समावेश छन्।

साथै अघिल्लो साधारण सभाबाट पारित १७ प्रतिशत हकप्रद शेयरसम्बन्धी व्यवस्थापन तथा त्यसपछि कायम हुने चुक्ता पूँजी पुनरावलोकन गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश गरिनेछ।

साधारण सभामा सहभागिताका लागि कम्पनीले वैशाख २३ गते एक दिनका लागि शेयर दर्ता किताब बन्द (बूक क्लोज) गर्ने जनाएको छ।

सो मितिभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई सिडिएस एण्ड क्लियरिङ लिमिटेड मार्फत राफसाफ सम्पन्न भई कम्पनीको शेयर रजिस्ट्रार सानिमा क्यापिटल लिमिटेडमा नाम दर्ता भएका शेयरधनीहरू मात्र सभामा सहभागी हुन पाउनेछन्।

साधारण सभा जेठ ६ गते बुधबार बिहान ११ बजे काठमाडौंस्थित नेपाल पुलिस क्लबमा गर्ने निर्णय गरेको हो।

IME Life
kumari