stcnepal long ad
ime life insurance
global ime bank long

सानिमा बैंकको नाफा ४२ प्रतिशत बढ्यो

वित्तीय सूचक बलियो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंक लिमिटेडले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरणमा गत आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खुद नाफा ४२.२२ प्रतिशतले वृद्धि भएको छ।

बैंकले गत आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालू आर्थिक वर्षको चैत मसान्तसम्म २ अर्ब ३५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। चालू आर्थिक वर्षमा कम्पनीको आम्दानीमा उल्लेख्य वृद्धि भएको कारण नाफा बढेको बताइएको छ।

गत आर्थिक वर्षको चैत मसान्तसम्म ४ अर्ब २८ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले त्यसको तुलनामा चालू आर्थिक वर्षको चैत मसान्तसम्म २०.४८ प्रतिशतको वृद्धि सहित ५ अर्ब १६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ।

यसरी चालू आर्थिक वर्षको तेस्रो त्रैमासकमा आम्दानीमा वृद्धि भएसँगै बैंकको सञ्चालन नाफा पनि समीक्षा अवधिमा २ अर्ब २५ करोड १३ लाख रुपैयाँबाट ४७.५० प्रतिशतले वृद्धि भई ३ अर्ब ३२ करोड ६ लाख रुपैयाँ नाघेको छ। बैंकको कुल सञ्चालन आम्दानी ६ अर्ब ४ करोड ५७ लाख रुपैयाँबाट बढेर ७ अर्ब २७ करोड ९६ लाख रुपैयाँ पुगेको बताइएको छ।

१५ अर्ब ५८ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको रिजर्भ कोषमा ८ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ सञ्चिति रहेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १९ करोड ८५ लाख रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षको चैत मसान्तसम्म वितरणयोग्य मुनाफा २ अर्ब १४ करोड १५ लाख रुपैयाँ कायम रहेको उक्त बैंकले जनाएको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १६.३३ रुपैयाँबाट बढेर २२.९२ रुपैयाँ पुगेको छ भने खराब कर्जा ३.४२ प्रतिशतबाट बढेर ३.९९ प्रतिशत कायम भएको पनि सो बैंकले जनाएको छ।

देशमा दुई वर्षदेखि आर्थिक मन्दी छाउदा र कर्जाको माग घटिरहदा पनि ०.५७ प्रतिशतले मात्र खराब कर्जा बढनुलाई सामान्य नै मान्नु पर्दछ।

बैंकको प्रतिशेयर नेटवर्थ १७९.५५ रुपैयाँ रहेको छ। बैंकले १ खर्ब ९० अर्ब ७७ करोड ६६ लाख रुपैयाँ ग्राहकमा कर्जा प्रवाह गरी २ खर्ब ३३ अर्ब ८६ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरेको पनि जनाएको छ ।

prabhu mahalaxmi
kumari