stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल निर्जीवन बीमा व्यवसायी संघको नयाँ कार्यसमिति गठन, अध्यक्षमा मल्ल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघमा नयाँ कार्यसमिति गठन भएको छ । संघको चैत ७ गते सम्पन्न आठौं बार्षिक साधारणसभाले नयाँ कार्यसमिति गठन गरेको हो । उक्त सभाले आगामी दुई वर्षको लागी नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो।

कार्यसमितिको अध्यक्षमा प्रभु इन्स्योरेन्स लिमिटेडका संचालक राजेन्द्र मल्ल सर्वसम्मत निर्वाचित भएका छन। मल्ल नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष समेत हुन।

त्यस्तै, उपाध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका मनोहर दास, महासचिवमा हिमालयन एभरेष्ट इन्स्योरेन्सका महेन्द्र कृष्ण श्रेष्ठ, कोषाध्यक्षमा नेको इन्स्योरेन्सका रमेश कुमार निरौला निर्वाचित भएका हुन् ।

त्यसैगरी कार्यसमिति सदस्यमा युनाइटेड अजोड़ इन्स्योरेन्सका आजाद श्रेष्ठ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका पवन अग्रवाल र सानिमा जनरल इन्स्योरेन्सका कुनाल क्याल निर्वाचित भएको संघले जनाएको छ ।

IME Lifesidebar
kumari