sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार छ सयले बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रति तोला रु. दुई हजार ६ सयका दरले वृद्धि भएको छ । बुधबार प्रति तोला सुन रु। एक लाख २५ हजार दुई सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रति तोला रु। एक लाख २७ हजार आठ सय तोकिएको छ ।

यस्तै तेजाबी सुन बुधबार प्रति तोला रु। एक लाख २४ हजार ६ सयमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य रु। एक लाख २७ हजार दुई सय निर्धारण गरिएको छ ।

त्यस्तै चाँदीको मूल्य प्रति तोलामा रु। ३५ ले वृद्धि भएको छ । बुधबार प्रति तोला रु। एक हजार पाँच सय २० मा कारोबार भएको चाँदीको मूल्य आज रु। एक हजार पाँच सय ५५ निर्धारण गरिएको छ ।

prabhu bank
nawakantipur long