stcnepal long ad
Himalayan bank

हिमालयन रिइन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

लाभांश र हकप्रदको प्रस्ताव पारित

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले आफ्नो तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।साधारण सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल ४.२१ प्रतिशत लाभांश अनुमोदन गरेको छ ।

जसमा चुक्तापुँजी १० अर्ब रुपैयाँको ४ प्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २ करोड १० लाख ५२ हजार ६३१.५८ रुपैयाँबराबरको नगद लाभांश छन्।

साधारण सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँको १०ः८ अर्थात १० शेयर बराबर ८ शेयरको अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।

रिइन्स्योरेन्स कम्पनीको अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोहीबमोजिम प्रबन्धपत्रको सम्बन्धित दफाहरु संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा थपघट गर्ने प्रस्ताव सभाले स्वीकृत गरेको छ । साधारण सभाले सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीतर्फको रिक्त रहेको १ जना सञ्चालक पदमा बाँकी कार्यकालका लागि तथा सर्वसाधारण शेयरधनी समूहका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकको निर्वाचन गरेको छ ।

साधारण सभाले  आर्थिक वर्ष २०७९/८० को वार्षिक  तथा लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखा परीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ । साधारणसभा काठमाडौंको राष्ट्रिय सभागृहमा सम्पन्न भएको हो ।

himalayan life insurance
igi long